८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मतिनाका नायक रविन्द्र सम्मानित


प्रकाशित: आईतबार, १५ बैशाख २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सुकुन्दा फिल्म प्रोडक्सले निर्माण गरेको पहिलो चलचित्र ‘मतिना’ का नायक रविन्द्र शाही सम्मानि भएको छ । 


ललितपुरमा नेवाः समुदायको पुरानो बस्तीको रुपमा रहेको  थसि (सिद्धिपुर) मा शनिबारदेखि सुरु भएको नेपाल भाषा चलचित्र महोत्सवमा नायक शाहीलाई विशेष सम्मान गरिएको थियो । 


शनिवारदेखि सुरु भएको सो महोत्सवमा नेपाल भाषाका निर्देशक रविन्द्र शाहीको शर्ट फिल्म ‘मू’ र उनकै  निर्देशन रहेको  ‘थःम्हं म्हूगु गाः’ देखाएको थियो । 


महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उदघाटन गरेको सो कार्यक्रममा बासु शाहीको निर्देशनमा रहेको ‘वाःया दुने जाकि दु’ र सुरेन्द्र मानन्धरको शर्ट फिल्म ‘नेवाः झी नेवाः हे जुइ’ पनि देखाइएको छ । 


आयोजक संस्थाका अध्यक्ष चलचित्र निर्देशक एवं कलाकार बासु शाहीकी अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालभाषा पहिलो चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरे अतिथिका रुपमा उपस्थित भएका थिए ।  


करीब १५ वर्ष अगाडि देखि  निरन्तर  नेवाः चलचित्र   निर्माण गर्दै  आएको  सुकुन्दा फिल्म प्रोडक्शनले आयोजना यस महोत्सवमा नेपाल भाषाको चर्चित नायिका आराध्या लक्ष्मी खड्गी, मानिक शाही, धर्म मानन्धर, सरस्वती मानन्धर, सजना शाक्य, रमि महर्जन, किशोर खडगी लगायतका कलाकारहरुले सांगीतिक र सांस्कृतिक र्पस्तुत गरेका थिए । 


सुरेन्द्र मानन्धर र रजनी खडगीले सन्चालन गरेको सो महोत्सव अवलोकन गर्नेहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex