७ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

मतयाः पर्व र लोपन्मुख परम्परागत बाजाहरुको सम्बन्ध


प्रकाशित: शनिवार, १८ साउन २०७६, २०ः२५बजे
- महानगरखवर

ललितपुर । नेपाली समाजमा सदियौं देखि चलन चल्तीमा आइरहेको हाल लोपन्मुख परम्परागत बाजाहरु ललितपुरमा वर्षको एक अवसरमा प्रदर्शनी गरिंदै आइरहेका छन । 


करीब १४५० वर्ष अगाडी देखि ललितपुरमा निरन्तर रुपमा संचालनमा आइरहेको परम्परागत, ऐतिहासिक, लोकप्रिय न्यकूजात्रा मतयाः (श्रृङगमेरी – दीपयात्रा) को अवसरमा पारेर ती लोपन्मुख बाजाहरुको प्रदर्शनी हुंदै आइरहेको छ । 


पाटन नगरका दश टोलहरुले पालै पालो संचालन गर्ने उक्त पर्व आफ्ना दिवंगतहरुको सम्झनामा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुले नगरका बौद्ध मठ, मन्दिर, चैत्य, वहाःवहीहरुको परिक्रमा गरी मनाउने गर्दछन । 


यसका साथै पालो परेको टोलको वासिन्दाहरुले ती लोपन्मुख बाजाहरु एकै साथ मंगलबजार, कुम्भेश्वर, बुंगमति, स्वयम्भूनाथ आदी स्थानहरुमा गई बजाउने गर्दछन । यसका लागी करीब नौ दश महिना अगाडीदेखि ती बाजाहरुको प्रशिक्षणमा लाग्नुपर्ने हुन्छ ।


नौ बाजाको रुपमा प्रख्यात भएता पनि त्यस समूहमा अठारवटा परम्परागत बाजाहरुको प्रदर्शनी हुने गर्दछ । भैंसीको सिङगबाट बनाइएको विशेष प्रकारको बाजाहरुको साथमा मृदङग, धाःबाजा, दमोखिं, दबदब, कासीबाजा, ढोलक, कोखिं, नगडा, जो नगडा, मगःखिं, संघबाजा, ब्या बाजा, नायखिं, खईजरी, बांसुरी, खिं, धिमे, दह लगायतका कतिपय लोपन्मुख बाजा त्यस अवसरमा प्रदर्शन गर्दछन ।


त्यस्तो महत्वले भरपूर परम्परागत बाजाहरुको विशेष प्रदर्शनी यसवर्षको मतयाः पर्व पालो परेको टोल हौगल टोलमा हालै गरीएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रदेश सदस्यहरु ज्ञानेन्द्र शाक्य, शोभा शाक्य, ललितपुर महानगरका उपमेयर गिता सत्याल, वडा अध्यक्षहरु लगायत दश टोलका प्रतिनिधीहरुको उपस्थितिमा हौगल टोलका दश वर्षका बालकलाकार देखि साठी वर्षसम्मका सयौं कलाकारहरुले ती परम्परागत बाजाहरुको विशेष प्रदर्शन गरेका थिए । 


ललितपुर नगरक्षेत्रका दश टोलहरु नकबहील, मंगलबजार, चक्रबहिल, नागबहाल (इखाछें), बुबहाल, हौगल, ओकुबहाल, इखालखु, कोबहाल तथा सौगल टोलले पालै पालो गरी यो पर्व मनाउंदै आइरहेको ताम्रकार समाजका अध्यक्ष समेत रहनु भएका न्यकूजात्रा मतयाः संचालन समिति, क्षेत्र नं. ६ का सल्लाहकार रविन्द्रराज ताम्रकारले बताउनु भयो । उहांले ऐतिहासिक, परम्परागत मतयाः पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताउनु भयो । उहांले ऐतिहासिक, परम्परागत संस्कृति, सम्पदाको जगेर्नामा नयां पुस्ताको सहभागीता महत्वपूर्ण रहेको बताउंनु हुंदै दश वर्षमा एकपटक पालो आउने टोलको सामाजिक, आर्थिक परिवर्तनमा समेत ठूलो भूमिका खेल्ने बताउनु भयो ।


अहिलेको अवस्थामा मतयाः पर्व संचालनको लागी करीब २०–२२ लाख खर्चहुने बताउंदै समितिका अध्यक्ष धर्मकृष्ण ताम्रकारले बृहत कार्यक्रम भएकोले एकल प्रयासबाट मात्र सम्पन्न हुननसक्ने बताउनु भयो । 


उहांले मतयाः गर्ने दश टोल मध्ये सबैभन्दा सानो र कम जनसंख्या रहेको टोल हौगल टोल भएतापनि सम्पूर्ण टोलवासीहरुको साथ सहयोगले मतयाः पर्व सफलताका साथ सम्पन्न हुने विश्वास लिएको बताउनु भयो । यस वर्ष श्रृंगभेरी मतयाः पर्व यही श्रावण ३२ गते शनिवारका दिन परेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika