काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले यस बर्ष मतपत्र च्यात्ने र चपाउने कुराबाट मुक्त हुन भनेको छ ।
शुक्रवार आयोगस्थित नियमित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने,‘आदरणीय लोकतन्त्रप्रेमी महानुभावहरु विशेष गरी लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दलका उम्मेदवारहरु म यति कुरा हेक्का राखिदिनुस्यो बर्षको मतपत्र अलि कडा कागजमा छापिएको छ । त्यकारण यसलाई च्यात्ने चपाउने सोचबाट मुक्त हुनुहोस् ।’
‘यो मेरा हार्दिकता पुर्वक अनुरोध हो, यो कुरा उहाँहरुले बुझिदिनु भयो भने मलाई लाग्छ आगामी दिनमा यस्ता प्रश्न उठने छैन भन्ने मलाई विश्वास छ ।’ थपलियाले भने ।
उनले समाजिक सञ्जालकको जुन असमाजिक कृत्य छ त्यसले त्यो भन्दा ठुलो विकृति सिर्जना हुन्छ भन्ने खतरा महशुस गरेको बताए ।
निर्वाचनलाई दुषित पार्ने विषयहरु समाजिक सञ्जाल आयो भने निर्वाचनको नाममा कसैलाई लाञ्चित गर्ने र चरित्र हत्या गर्ने किसिमका कुराहरु आए भने आयोगको अनुरोध अनुसार लाईक गर्दे नगर्न र त्यसलाई यो बेठिक हो भनेर प्रतिक्रिया दिएर सहयोग गर्न निर्वाचन पर्यवेक्षकहरुलाई उनले आग्रह गरेका थिए ।
Categorized in स्थानिय