६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मतदान सुरु, नेताहरुले गरे मतदान 


प्रकाशित: आईतवार, ० ४ मंसिर २०७९, ०९ः१२ बजे
- महानगरखबर

काठमाडौं । आज विहान ७ बजेबाट प्रतिनिधिसभा तथा प्रदेशसभा नयाँ सदस्य निर्वाचनको लागि मतदान सुुरु भएको छ । 


प्रमुख राजनीतिक दलका नेताहरुले आ–आफ्नो क्षेत्रबाट मतदान गरेका छन भने देशभर सर्वसाधरण सहभागी भएका छन । 


नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार गगनकुमार थापाले विहानै गएर मतदान गरेका छन । काठमाडौं क्षेत्र नं. ८ प्रतिनिधिसभा उम्मेदवार जिवनराम श्रेष्ठले पनि मतदान गरेका छन । 


त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा  माओवादी नेतृ पम्फा भुसालले ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरेकी छन्। 


मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

 

तस्वीरहरुः रमेश शाक्य/महानगरखबर/समाजिक सञ्जाल

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex