४ भाद्र २०८३, बिहिबार
Header

मतदान केन्द्रमा यी कुराहरु लग्न प्रतिबन्ध !


प्रकाशित: बुधवार, २८ बैशाख २०७९, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । मतदान केन्द्रमा मतदान गर्न जाँदा आफूसँग लग्न नपाईने कुराहरुबारे निर्वाचन आयोगले सुचना जारी गरेको छ । 


बुधवार आयोगले जारी गरेको सुचना अनुसार मतदाताले मोवाईल, क्यामेरा, कुनै प्रकारको हातहतियार, नमुना मत्रपत्र लगायतका कागजातहरु लग्न पाईने छैन । 


त्यसैगरी कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनिने कुनै बस्तु लैजान नपाईने बताएको छ । 


कहिकतैबाट सो विपरित कुनै कार्य भए कानुन बमोजिम कारवाही हुने आयोगले जनाएको छ । साथै आयोगले मतदान केन्द्रलाई स्वच्छ र व्यवस्थित ढंगले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरुलाई हार्दिक अपिल समेत गरेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex