७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

मतदाता परिचयपत्र नभए यी परिचयपत्र बाट मतदान गर्न पाइने


प्रकाशित: मंगलवार, १९ फागुन २०८२, १७ः१८ बजे
- महानगरखबर

काठमाडौं । फागुन २१ गते  बिहीबार देशभर प्रतिनिधि सभा सदस्यका लागि मतदान हुँदैछ । 


निर्वाचन आयोग ले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य सञ्चालन हुने जनाएको छ ।


आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले तोकिएका ६ प्रकारका परिचयपत्रमध्ये कुनै एकका आधारमा मतदान गर्न सक्नेछन ।
आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । 


उक्त परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात बोकेर मतदान केन्द्रमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।


मतदान केन्द्रहरूमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको आयोगले जनाएको छ । 


साथै, शारीरिक रूपमा अशक्त भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष सहजीकरणको व्यवस्था मिलाइएको छ ।
यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत, खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन । 


आयोगले मतदानमा खटिएका कर्मचारीलाई अशक्त तथा विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको पनि जनाएको छ ।


आयोगले सबै मतदातालाई तोकिएको समयभित्र आवश्यक कागजातसहित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex