२२ आश्विन २०८३, बिहिबार
Header

मतदाता नामावली दर्ता गर्न अब दुई सिफ्टमा ६/६ घण्टाका दरले  सेवा दिने


प्रकाशित: मंगलवार, २५ कात्तिक २०८२, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ । 


आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सोमबार एक अपिल जारी गर्दै २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेका हुन् । 


हाल देशभरका नाम दर्ता केन्द्रहरूमा सेवाग्राहीको भीड बढ्दै गएपछि आयोगले सेवा समय थप्ने निर्णय गरेको छ । 


आयोगका अनुसार दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा अब दुई सिफ्टमा ६/६ घण्टाका दरले दैनिक १२ घण्टा सेवा प्रवाह गरिने छ ।


काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सेवा सहज बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएका छन् ।


यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा पनि सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।


आयोगले सबै योग्य नागरिकलाई समयमै मतदाता नामावलीमा नाम दर्ता गरी आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेको छ ।


आयोगको सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex