काठमाडौं । देशभर नयाँ मतदाता दर्ता अभियान तीव्र भइरहेका बेला दर्ता संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली गर्नेहरुको संख्या उल्लेखिय रुपमा बढेको छ ।
निर्वाचन आयोगका अनुसार आयोगका विभिन्न कार्यालयमा भौतिक रूपमा उपस्थित भई ३ लाख ३ हजार ६२ जना नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन ।
यस्तै राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५ सय ७५ जना नयाँ मतदाता दर्ता भएका छन ।
कात्तिक ३० गतेसम्मको समय सीमा समाप्त भएपछि आयोगले ५ दिन थप गर्दै मंसिर ५ गतेसम्म दर्ता अवधि निरन्तरता दिएको थियो ।
दर्ता कार्यालयहरूमा भीड बढिरहेकाले आयोगले सेवा प्रवाह सहज बनाउन अतिरिक्त व्यवस्थासमेत मिलाएको जनाएको छ ।
जेन–जी आन्दोलनपछि गठन भएको सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेसँगै १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत प्रक्रिया सुरु गरिएको हो ।
आयोगका अनुसार दर्ता अभियानमा देखिएको उत्साहले आगामी निर्वाचनमा मतदाताको सहभागिता अझ बढी रहने अपेक्षा गरिएको छ ।
Categorized in राष्ट्रिय