काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा मतगणनास्थलमा सीसी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।
सो आग्रहपछि मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई मतगणनास्थालमा सिसि क्यामेरा राख्न पत्राचार गरेको छ ।
बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम पौडेले जानकारी दिए ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकाहरुलाई नै आग्रह गरिएको छ ।
Categorized in स्थानिय