१४ बैशाख २०८१, शुक्रबार
Header

मण्डलामा उपत्यकावासीले गुठी विधेयक विरुद्ध फेरि शक्ति प्रर्दशन गर्ने 


प्रकाशित: शुक्रवार, ३१ जेठ २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक बिरुद्ध उपत्यकावासीले माईतीघर मण्डलमा फेरि शक्ति प्रर्दशन गर्ने भएको छ । 


असार ४ गते बुधवार विहान ११ बजे उपत्यकावासीले एकिकृत शक्ति प्रदर्शन गर्ने राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले जनाएको छ । 


सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठ संयोजक रहेको समितिले उपत्यकाका विभिन्न गुठीयार, संघ, संस्था, जातिय संस्थाहरुसँग समन्वय गरेर गुठी विधेयक आन्दोलनलाई तिव्रता दिएको छ । 


जेठ २६ गते माईतीघर मण्डलमा गुठी विधेयक विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुमाथि प्रहरी दमन भएपछि उपत्यकावासी स्वतःफूर्त रुपमा गुठी आन्दोलनमा सहभागी हुन थालेको छ । 


शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि स्थानीयस्तरमा जन आक्रोश बढेको छ । सरकारले ल्याउन लागेको विधेयकले उपत्यकाका गुठी परम्परामाथि हस्तक्षेप गर्ने, गुठी जग्गा व्यक्तिको नाममा सार्ने, धार्मिक, संस्कृतिको प्राण रहेको गुठीमाथिनै प्रहार भएपछि आन्दोलनले बृहत रुप लिन पुगेको छ । 


अहिले उपत्यकामा विभिन्न स्थानमा दिनहुँ जसो विरोधसभा, आन्दोलन हुन थालेको छ । हिजो मात्र ललितपुरको मंगलबजारमा ठुलो जनसागर उर्लेको थियो ।


नेवारहरुको राष्ट्रिय संगठन नेवाःदेय् दबु, मंका भाषा खल, ज्यापु महागुथी, ताम्रकार समाज, हलि नेवाःगुथी लगयायतको नेवाः संस्कृतीसँग आवद्ध संस्थाहरु गुठी बचाउन एकबद्ध भई लागेका छन । 


सरकारले ल्याउन लागेको गुठी विधेयक पारित भए साढे ४ लाख विघा जमिन व्यक्तिको नाममा जाने सत्तारुढ दल नेकपामा सांसाद मेटमणी चौधरीले प्रतिनिधी सभामाको बैठकमा बताएका थिए । 


उनको भनाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले गुठी विधयेक पारित भए ६५ प्रतिशत जमिन भूमाफिया अन्य व्यक्तिको नाममा जाने भनाईसँग मिलेको छ । 


उपत्यकवासीको आन्दोलनले यतिखेर सरकारमा पनि खैलाबेला सुरु भएको छ । आन्दोलनकारीलाई फकाउन सत्तारुढ दलका सांसदलहरुले वार्ता र छलफल समेत अघि बढाएका छन । 


तर आन्दोलनकारीहरुले भने विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहने अडानमा देखिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD