१६ चैत्र २०८०, शुक्रबार
Header

मञ्जुश्री र श्री इन्भेष्टमेन्टले बार्षिक साधारणसभा बोलायो


प्रकाशित: सोमबार, २८ जेठ २०७५, ११ः१७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आफ्नो बार्षिक साधारणसभा बोलाएको छ ।


मञ्जुश्री फाइनान्सले आगामी असार २० गते १०औं वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजी ७६ करोड ५ लाख रुपैयाँको ५.७१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।


बोनस शेयर पारित भए सँगै संस्थाको चुक्ता पुँजी ८० करोड ४ लाख रुपैयाँ पुग्नेछ ।


साधारणसभा प्रयोजनको लागि संस्थाले असार ४ गते बुक क्लोज गर्ने भएको छ । असार तीन गतेसम्म कायम शेयरधनी साधारणसभा र लाभांसको लागि योग्य हुने संस्थाले जनाएको छ ।


त्यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पनि आगामी असार २२ गते २३औं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले साधारणसभामा हाल कायम चुक्ता पूँजीको २६.५७ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव गरेको छ ।


संस्थाको हालको चुक्ता पूँजी ६३ करोड २१ लाख रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात ८० करोड रुपैयाँ पुग्नेछ । संस्थाले साधारणसभा प्रयोजनकालागि असार ४ गते बुक क्लोज गर्ने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD