१३ बैशाख २०८१, बिहिबार
Header

मञ्जुश्री पेट्रोलपम्पमा ललितपुर महानगरको सिलबन्दी


प्रकाशित: आईतवार, २६ भाद्र २०७९, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्ममा सिल गरेको छ ।


आईतवार महानगरले मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेपछि सिल गरेको प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।


विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउन आग्रह गरिएको र सोलाई अटेर गरेपछि बाध्य भएर हटाउनु परेको महर्जनले बताए । 


पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD