काठमाडौं । मछिन्द्र क्लबको १२ र १३ औं साधरण सभा तथा महाधिवेशन गत शननिवार सम्पन्न भएको छ ।
महाधिवेशनबाट अनिल श्रेष्ठ सर्ववसम्मत अध्यक्षमा चयन भएको क्लबका संयोजक बाल्कृष्ण प्रजापतिले जानकारी दिए ।
त्यसैरी, समितिका उपाध्यक्षमा नविन शाक्य, सचिव शिरिष श्रेष्ठ, कोषाध्यक्ष डेनिस प्रजापति निर्वाचित भएका छन ।
सदस्यहरुमा ज्ञानोदय तुलाधर, अनिल कर्मचार्य, जगदिश्वर कर्माचार्य, सुनिल कर्माचार्य र किजन बहादुर श्रेष्ठ चयन भए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिका २५ वडाका पुर्ब अध्यक्ष एबं सल्लाहकार निल्काजी शाक्यले मछिन्द्र क्लब आफ्नो टोल देखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कामाउन सफल भएको बताए ।
कार्यक्रममा सदस्यहरुले पनि आफ्नो मन्तव्य व्यक्त दिएका थिए । बिगतमा भएका कमि कमजोरीलाई नियालेर अघि बढनु पर्ने क्लबका पुर्ब अध्यक्ष जिबेन्द्र लाल कर्माचार्यले बताए ।
कर्मचार्यले मिठाई खुवाई सबै प्रतिनिधि लाई बधाई दिए सगँे सयौंको उपस्थिति रहेको कार्यक्रममा सबैले नब निर्वाचित अध्यक्ष अनिल श्रेष्ठ लाई बधाई दिनुका साथै सुझाव पनि दिएका छन।
तपाइको अबको कार्यनीति के हुनेछ भन्ने प्रश्नमा नब अध्यक्ष श्रेष्ठले सबैको साथ समर्थनले आफू अध्यक्ष भएको र सबैको सल्लाह सुझाव लाई आत्मसात गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
4 Ferbury 2025, Tuesday
Categorized in स्थानिय