काठमाडौं । मच्छिन्द्र फुटबल क्लब जितपुर सिमरा गोल्डकप १५ औं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा मच्छिन्द्रले ४–३ गोल अन्तरले साबिक बिजेता पुलिस क्लबलाई स्तब्ध बनाई मच्छिन्द्र अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।
मच्छिन्द्रको गोल रक्षक विशाल सुनारले टाइब्रेकरमा पुलिसको अन्तिम महत्तपुर्ण प्रहार बिफल पार्दै म्यान अफ दि म्याच बने ।
मच्छिन्द्रको तर्फबाट गोल रक्षक विशाल सुनार, बिपन श्रेष्ठ , अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरे भने बिबेक राई गोल गर्न चुकेका थिए । पुलिसका तर्फबाट गोल रक्षक अमित टमाटा ,पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरेका थिए ।
पुलिसका बिबेक पाण्डेको उत्कृष्ट फ्री किक गोल लाई खेलको ६१ औं मिनेटमा अनिल राणा मगरको पासमा राजिब लोप्चनले गोलमा परिणत हुदा खेल बराबरीमा परिणत भएको थियो ।
अरुण गोहाको प्रहार रोकेका मच्छिन्द्रका गोल रक्षक नायक साबित बने । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच घोषित भएका मच्छिन्द्रका गोल रक्षक विशाल सुनारले रू १० हजार नगद सहित ट्रफी प्राप्त गरे ।
Categorized in मनोरन्जन