१४ बैशाख २०८१, शुक्रबार
Header

मच्छिन्द्रनाथको भोटो जेठ २६ मा देखाइने 


प्रकाशित: विहिवार, ९ जेठ २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाको ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो जेठ २६ मा देखाईने भएको छ । 


मंगलवार चार जना जोशी समुदायका ज्योतिषीले सो मिति तय गरेको हो । 


मच्छिन्द्रनाथलाई जेठ २३ गते बिहीबार लगनखेलबाट रथ तानी जाउलाखेल पु¥याइने र त्यसको चार दिनपछि  भोटो देखाउने निर्णय गरेको ज्योतिषी सिद्धिकिरण जोशीले जानकारी दिए । 


बर्षा र सहकालको देवताको रुपमा पुजिने रोतो मच्छिन्द्रनाथ पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथ हाल लगनखेलको इटिटोलमा राखिएको छ  ।


जेठ २३ गते सात गाउँ कीर्तिपुर, पाँगा, बलम्बु, मच्छेगाउँ, सतुङ्गल, थानकोट र पुल्चोकका मानिस आएर लगनखेलबाट रथ तानी जावलाखेल पु¥याइने बताइएको छ । 


जेठ २४ गते छोलेपु पर्व मनाई मासु पोलेर खाई जात्रा मनाइन्छ ।  छोलेपुको भोलिपल्ट २५ गते भुज्या पर्व मनाइन्छ  । भुज्याको भोलिपल्ट अर्थात भोटो देखाइने अघिल्लो दिन आर्काे पटक पुनः नरिवल खसाल्ने परम्परा रहेको ७० वर्षीय ञँवाल सूर्यमान डङगोलले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD