८ बैशाख २०८१, शनिबार
Header

मखन र किलागलका कुमारीलाई मासिक १५ हजार भत्ता 


प्रकाशित: शुक्रवार, २७ मंसिर २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारीलाई मासिक भत्ताको व्यवस्था गरिने भएको छ । 


महनगरले मंसिर २८ र २९ गते मनाउन गईरहेको २५ औं महानगर दिवशको विषयमा आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले दुई जीवित कुमारीलाई सम्मानसहित मासिक भत्ता दिने जानकारी दिए । 


प्रमुख शाक्यले महानगरपालिकाले दुई जीवित कुमारीलाई मासिक १५ हजार दिने निर्णय भएको पत्रकार सम्मेलनमा बताए । 


सो अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने छ । 


त्यसैगरी इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।


बसन्तपुरमा हुन गईरहेको महानगर दिवशको प्रमुख अथिति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने प्रमुख शाक्यले जानकारी दिँदै सो अवसरमा परम्परागत बाद्यबादन, बाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ ।


गत बर्ष झै यस बर्ष पनि १० जना पत्रकारहरुलाई महानगर सुशसान पत्रकारिता पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ । 


सो पत्रकार सम्मेलनमा महानगर प्रवक्ता तथा १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जन, प्रशासन विभाग प्रमुख नवराज ढकाल, वतावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ, राजेन्द्र स्थापित लगायतका उपस्थिती रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD