३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मखन आगलागी पीडितलाई राहतको कार्यक्रम ल्याउन मेयर शाक्यद्वारा निर्देशन


प्रकाशित: सोमबार, २७ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन । 


गत विहिवार कामपा वडा नं. २४ स्थित मखनटोलमा भीषण आगलागीको घट्नाबारे बुझ्न र पीडितको कुरा सुन्न सोमबार मेयर शाक्यले घट्नास्थलको अवलोकन गरेका थिए ।


घटनाको स्थलगत अवलोकनपछि प्रमुख शाक्यले विपद् व्यवस्थापन विभागलाई घटनाको सम्पूर्ण विवरणबारे आफूलाई जानकारी गराउन निर्देशन दिएको छ । 


गत विहिवार मध्याह्न १२ बजे सल्किएको आगो साँझ ७ बजे पूर्ण नियन्त्रणमा आएको थियो । 


कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठलाई मेयर शाक्यले विवारण संकलन गरेर वडाबाट राहतका कार्यक्रम अघि निर्देशन दिएको हो । 


आगलागीबाट स्थानीयवासी रञ्जु तुलाधार, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्णरुपमा क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex