३१ श्रावण २०८३, आइतबार
Header

मखन आगलागीमा एक ८० बर्षिया बृद्धाको मृत्यु


प्रकाशित: बुधवार, ३१ बैशाख २०८२, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । आज विहान काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको घरमा आगलागी मृत्यु भएकाको पहिचान खुलेको छ । 


आगलागी भएको घरको चौथो तल्लामा बसोवास गर्दै आएकी काभ्रे घर भएकी ८० बर्षिया बृद्धा बिष्ण अधिकारी रहेको घट्नास्थाल खटेकी प्रहरी अधिकारीले बताएका छन । 


उनी नाङ्लोमा सामान राखेर बेच्ने काम गर्दै आएको खुलेको छ ।  


खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको आगोले सँगैका अरु घरहरुलाई समेत आगो फैलिएको थियो । 


दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो । घरमा लागेको आगो निभाउने क्रममा उनको शव फेला परेको थियो ।

 
प्रहरीका अनुसार उनका श्रीमानको पनि चैतमा मृत्यु भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex