४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मकाउ, कोरिया लग्छु भन्दै ठग्ने गिरोह समातिए, १ करोड ५ लाख असुली गरेको


प्रकाशित: सोमबार, १४ साउन २०७५, २१ः१८ बजे
- महानगरखबर

काठमाडौं । बैदेशिक रोजगारको प्रभोलनमा पारि सर्वसाधरणलाई ठगी गर्नेहरु पक्राउ परेको छ । मकाउ पठाउँछु भनी ठगी गरेको अभियोगमा सुनसरी धरान घर भएका  ५० वर्षीय बालकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 


मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भनी २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजार रूपैयाँ उठाई ठगी गरी फरार भएका भण्डारीलाई खोजतलास गर्ने क्रममा ललितपुरस्थित थसिखेल कुसुन्तीबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार फेला पारी पक्राउ गरेको हो । 


यसैगरी उत्तर कोरियास्थित कृषि फर्ममा राम्रो रोजगारीको अवसर छ भनी प्रतिब्यक्ति ७ लाख रुपैयाँ लाग्छ भन्दै ठगी गरेको अभियोगमा सिन्धुली पुरानो झागली–७ का ३० वर्षीय दिनेश भन्ने रामबहादुर थापा, मकवानपुर फापरबारी–४ लामेटारका २७ वर्षीय दिनेश श्रेष्ठ र  मकवानपुर सरस्वती घर भएकी  ३१ वर्षीया कल्पना ढुंगानालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रामबहादुरलाई काठमाडौं कपनबाट, दिनेश र कल्पनालाई काठमाडौं महाराजगंजबाट पक्राउ गरको हो । 


साथै अनुसन्धानको क्रममा रामबहादुर र कल्पनाले अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायतका देशहरूमा समेत रोजगारीको राम्रो अवसर छ भनी हालसम्म ५ जनाबाट ४२ लाख भन्दा वढी रकम लिई ठगी गरेको खुल्न आएको छ । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex