काठमाडौं । मकवानपुरको भिमफेदीस्थित चिसापानीमा शुक्रवार सुमो दुर्घट्ना हुँदा १० महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, जिल्ला सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो दुर्घटनामा अन्य ८ यात्रु घाईते भएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनामा घाईते भएका वाईवा र सहनीको हेटौंडा अस्पतालमा र १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।
१० वर्षिया बालिका समरागीको आमा सविता माझी घाईते भएकी छिन । सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो दुर्घटनामा भएको हो ।
Categorized in समाज