काठमाडौं । सवारी चालक अनुमति पत्र (लाईसेन्स) आगामी मसिंर ७ गते बाट खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो ।
विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्ने जानकारी दिए ।
अहिले विभागबाट ट्रायल कटाएका करिव ६ लाख चालक लाईसेन्सको प्रतिक्षामा रहेको छ । यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ ।
मालिका इन्कापरेटरले अहिलेसम्म ५० हजार लाईसेन्स छापिसकेको र बाकी छाप्ने क्रममा रहेको जनाएको छ ।
Categorized in प्रबिधि