काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ५ लाख नयाँ मतदाता थपिएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको हो ।
यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन । तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन् । १८५ जना अन्य लिंगी हुन ।
६ महिनाअघिको निर्वाचनको तुलनामा यो पटक २ लाख ५४ हजार ८४७ जना मतदाता थपिएको देखिन्छ ।
आयोगले यसपालि १० हजार ८९२ मतदानस्थल बनाएको छ । गत स्थानिय चुनावमा १० हजार ७५६ रहेको थियो ।
त्यसैगरी अहिले २२ हजार २२७ मतदान केन्द्र स्थापना गरिएको छ । गत बैशाखको स्थानीय निर्वाचनमा पहिले २१ हजार ९५५ मतदान केन्द्र रहेको थियो ।
Categorized in राष्ट्रिय