२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मंसिर २ गते शंखधर दिवश भव्य रुपमा मनाईँदै


प्रकाशित: आईतबार, २५ कात्तिक २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल संवत्लाई प्रचलनमा ल्याउने राष्ट्रिय विभूती शंखधर दिवश आगामी मंसिर २ गते (कछलाथ्व दशमी) भव्य रुपमा मनाउने भएको नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समिति ११३९ ले जनाएको छ । 


तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारबाट नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा प्रत्येक वर्ष कछलाथ्व दशमीका दिनलाई शंखधर दिवसको रुपमा मनाइँदै आइएको छ । 


समारोह समितिले शंखधर दिवस यस वर्ष भव्य रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा मङ्सिर २ गते दशमीका दिन बिहान ७ बजे सम्पूर्ण जनसमुदायलाई उपस्थितिका लागि आह्वान गरेको छ । ¥याली बसन्तपुरबाट प्याफल, नरदेवी, त्यंगः, थाय्मदु, असन, बालकुमारी, जनबहाः, वंघः हुँदै मरु–काष्ठमण्डप, चिकंमुगल, लगन, ब्रम्हत्वाः, वन्दे, ह्यूमत, क्वहिति, भीमसेनस्थान हुँदै लखुतीर्थमा पुगेर शंखधर साख्वाःको तस्वीरमा माल्यार्पण र सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ । 


सांस्कृतिक ¥यालीसहित आयोजना हुने शंखधर दिवस भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिलाई आइतबारको बैठकले जिम्मेवारी तोकिदिएको छ । 


नेपाल संवत नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित सङ्ग्रह, पुस्तक, सिडी–डिभिडीका साथै नेपालभाषाका विभिन्न पुस्तकको प्रदर्शन, खाना स्टलदेखि सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । ती कार्यक्रम आउँदो मङ्सिर ८ गते शनिबार काठमाडौँको थँहितिमा दिनभर गरिने समारोह समितिले जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex