काठमाडौं । निर्वाचन आयोगले स्थानीय उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवार मनोयन दर्ताको मिति तोकेको छ ।
आगामी मंसिर १६ गते हुन गईरहको स्थानीय उपनिर्वाचनको लागि नेकपा एमालले उम्मेदारको नाम अनुमोदन गरेको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले पार्टीको तल्लो कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारको नाम अनुमोदन गरेकोे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
स्थानीय तहको प्रमुखदेखि वडाध्यक्षसम्मका ४२ पदमा हुने उपचुनाव ठाउँको कोही उम्मेदवार बाहेक एमालेले सर्वसम्मत रुपमा टुंग्याएको हो । यस अघि उपचुनावका लागि काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास उम्मेदवार चयन गरेको छ ।
बैठकले एमालेले आगामी ७ मंसिरमा उपचुनाव लक्षित सभा गर्ने निर्णय गरेको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा काठमाडौंमा जनसभा गर्ने तय भएको बैठकले निर्णय गरेको छ ।
एमालको उम्मेदवारहरुको सुचि हेर्न क्लिक गरौं
Categorized in स्थानिय