७ मङ्सिर २०८२, आइतबार
Header

मंसिर महिनाको लागि यस्तो छ ब्याजदर


प्रकाशित: आइतवार, ३० कात्तिक २०८२, १९ः१५ बजे
- महानगरखबर

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर फेरि घटेको छ ।


२० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार कात्तिकको तुलनामा मंसिरमा ब्याजदर ०.१६ प्रतिशत विन्दुले कम भएको हो । 


कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकामा मंसिरमा यो ५.०४०५ प्रतिशतमा झरेको छ । 


व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर भने ६ प्रतिशत नै कायम छ, जसलाई ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रस्ताव गरेको छ ।


यस महिनामा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन भने १० बैंकले ब्याजदर घटाएका छन ।  


ब्याजदर घटाउने बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन । 


त्यस्तै ब्याजदर स्थिर राख्ने बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी रहेका छन ।


बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्ने क्रम कायम छ । 


अधिकांश बैंकले ५ वर्षभन्दा माथिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर दिने व्यवस्था राखेका छन ।


निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर घट्ने संकेत छ । 


निक्षेप ब्याजदर घट्दा आधारदर कम हुने र त्यसको प्रभाव स्वरूप कर्जाको ब्याजदर पनि स्वतः घट्ने वित्तीय क्षेत्रका विशेषज्ञहरू बताउँछन ।


बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह सुस्त भएकाका कारण हाल ब्याजदर घट्ने क्रम जारी छ । 


हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ । 


मंसिर महिनको ब्याजदरः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex