काठमाडौं । बाणिज्य बैंकहरुले मंसिर महिानका लागि ब्याजदर सार्वजनिक गरेको छ ।
२० वाणिज्य बैंकमध्ये मंसिर महिनाका लागि नौ वटा वाणिज्य बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन भने बाँकीको स्थिर छ ।
राष्ट्रिय वाणिज्य बैंकले मात्र व्याजदर बढाएको छ भने नबिल, माछापुच्छ्रे, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैंकले व्याजदर घटाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक मंसिरका लागि ६ प्रतिशत व्याज दिने भएको छ यस अघि कात्तिकमा ५.८ प्रतिशत मुद्दतीमा ब्याज दिएको थियो ।
नबिल बैंकले मंसिरमा५.७५ (कात्तिकमा ६.२५), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५, माछापुच्छ्रे बैंक ६ (कत्तिकमा ७), हिमालयन बैंक ६.२५, नेपाल एसबिआई बैंक ६, एभरेष्ट बैंक ६, एनआइसी एसिया बैंक ६.७९ (कात्तिकमा ६.९९) व्याज प्रदान गरेका थिए ।
यसैगरी, मंसिरमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ व्याज दिएको छ, कात्तिकमा ६.५ दिएको थियो ।
लक्ष्मी सनराइज बैंक ५.७५ (कात्तिकमा ६) कुमारी बैंक ५.९१ (कात्तिकमा ६.०१), सिद्धार्थ बैंक ६, सानिमा बैंक ६.१५, एनएमबी बैंक ५.७५(कात्तिकमा ६.५) प्रभु बैंक ६.१, ग्लोबल आइएमई बैंक ५.७५(कात्तिक ६.२५), सिटिजन्स बैंक ५.६५(कात्तिकमा ५.७५) व्याजदर कायम गरेको छ ।
मंसिरका लागि प्राइम कमर्सियल बैंकले ५.७५(कात्तिकमा ६), कृषि विकास बैंक ५.५३ (कात्तिक ५.७५) र नेपाल बैंक बैंक ५.९५ प्रतिशत व्याज दिनेछ ।
कात्तिकमा वाणिज्य बैंकहरूले औसत ६.१८ प्रतिशत ब्याजदर दिइरहेकोमा मंसिरको लागि यस्तो ब्याजदर औसत ५.९९ प्रतिशतमा सीमित भएको छ ।
Categorized in बैंक