काठमाडौं । आज (आईतवारदेखि) निर्वाचन आयोगमा दल दर्ता खुला गरिएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न सकिने निर्वाचन आयोगले बताएको छ ।
आज देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिइएको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फ र समानुपातिकतर्फ भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्छ । सरकारले साउन १९ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।

Categorized in राष्ट्रिय