१४ बैशाख २०८१, शुक्रबार
Header

मंसिरबाटै खाडी मुलुकमा पानी बिक्री गरिँदै


प्रकाशित: शुक्रवार, १७ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । खानेपानी मन्त्री विनामगरले शुक्रवार एक विशेष कार्यक्रममा मंसिरबाट खाडी मुलुकमा पानी बिक्री गर्ने घोषणा गरेकी छिन । 


रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन रुद्र गङ्गा नेचुरल वाटर नामक कम्पनीले उत्पादन सुरु गरेको अवसरमा मन्त्री मगरले सो उद्घोष गरेकी हुन ।


मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताउँदै यस अवसरको उपयोग गर्न नीजि क्षेत्रका व्यवसायीहरुलाई आग्रह समेत गरेका छन । 


रसुवाको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिएका छन । 


भण्डारीका अनुसार कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपाली बजारमा तुरुन्त र  खाडी मुलुकहरूमा मंसिरपछि पानी निर्यात गरिने भएको छ । 


सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले हिमाली क्षेत्रको पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । 


कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD