८ बैशाख २०८१, शनिबार
Header

मंगलवार विहान ८ः११ बजेबाट चन्द्रग्रहण लाग्दै, यी कुराहरु गर्न नहुने


प्रकाशित: आईतवार, २१ कात्तिक २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । कात्तिक २२ गते मंगलवार (कातिक शुक्ल पूर्णिमा) विहान ८ बजेर ११ मिनेटबाट चन्द्रग्रहण लाग्ने भएको छ ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार बेलुकी ५ः२७ बजे ग्रहणको उन्मिलन हुने छ ।


बेलुकी ६ः३४ बजे ग्रहण सकिने । ग्रहण नेपालबाट एक घण्टा २३ मिनेट सम्म देखिने भएको छ । 


ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ ।


बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ भने ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने, ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।


मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ ।

 

Image Source : FREEPIK

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD