२३ बैशाख २०८१, आइतबार
Header

मंगलवार (भोली)बाट वडास्तरीय प्रयागराज सिंह सुवाल स्मृति फुटसल सुरु


प्रकाशित: सोमवार, २५ भाद्र २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाहरुविच हुने अन्तरवडा स्तरीय प्रयागराज सिंह सुवाल स्मृति फुटसलको तयारी पुरा भएको छ । 


आयोजक वडा– २३ का अध्यक्ष मचाराजा महर्जनले पत्रकार सम्मेलन गरेर फुटसलको तयारीबारे जानकारी दिए छन । 


सो अवसरमा खेलको टाइ सिट र जर्सी समेत सार्वजनिक गरिएको थियो । 

 


भाद्र २६ गते मंगलवार देखि असोज ३ गतेसम्म सो प्रतियोतिगा लैनचौर फुटसल मैदानमा हुनेछ । 


वडा अध्यक्ष महर्जनले प्रयागराज सिंह सुवालले आफ्नो, वडा तथा समाजप्रति देखाएको योगदानको कदरस्वरुप यो फुटसल प्रतियोगिता गर्न लागेको बताए । 


‘फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्नु र यसका माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गर्नुु नै रहेको छ । स्वास्थ्य युवा स्वस्थ्य समाज भन्ने नारासहित खेलको आयोजना हुनेछ ।’ उनले भने । 


यस प्रतियोगितमा ३२० युवा प्रत्यक्ष र करिब ५०० युवाहरु यस कार्यक्रममा परिचलित हुनेछ । खेल विहान ८ देखि १२ बजेसम्म लैनचौरस्थित खेलमैदान हुनेछ । 


वडा सदस्य गोपाल नापितको संयोजकमा हुन गईरहेको यस खेलमा बिजेता टिमले २ लाख रुपियाँ नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र पाउने छन ।


त्यसैगरी, उपबिजेता टिमले १ लाख, उत्कृष्ट खेलाडी एक जनाले १० हजार, सर्वाधिक गोलकर्ता १ जनाले १० हजार र उत्कृष्ट गोल रक्षक एक जनाले नगद र १० हजार पाउने व्यवस्था गरिएको वडा अध्यक्ष महर्जनले जानकारी दिए । 


खेलको उद्घाटन समारोह काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले गर्ने कार्यक्रम रहेको छ ।  


विशेष अतिथिमा उपप्रमुख सुनिता डंगोलको उपस्थिती हुने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

तस्वीरः अन्जितमान डंगोल/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD