२० बैशाख २०८१, बिहिबार
Header

मंगलवारबाट सामुदायिक कुकुर र विरालोको बध्याकरण गर्दै महानगर


काठमाडौं । काठमाडौं महानगरले मंगलवारदेखि महानगरका सामुदायक कुकुर र विरालाको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाउने भएका छ । 


महानगरले यस कार्यलाई विभिन्न चरणमा गर्ने गरी तयारी गरेको छ । पहिलो चरणमा ४, ७, ९, ११, १४, १५, २५, ३१, ३२ वडामा यो कार्यक्रम संचालन गरिने महानगरले जनाएको छ ।

 
यस बन्ध्याकरण तथा रेविजविरुद्ध खोपको लागि ९ वटा संस्थाले जिम्मेवरी पाएको छ । 


कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेश झाका अनुसार वडा ४ मा ‘पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर) ले जिम्मेवारी पाएका छन । 


त्यसैगरी वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन ।


वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले सो कार्यक्रम सञ्चालन गर्ने भएका छन । 


३ महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य महानगरको छ । 
तस्वीरः अन्जितमान डंगोल/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD