१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भ्रष्टाचार विवादमा तनिएका अख्तियारका आयुक्त पाठकद्धारा राजीनामा 


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन । 


पाठकले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताए । 


पाठकको राजीनामा आजदेखि लागू हुने गरी राजीनामा दिएको प्रवक्ता पराजुलीले जानकारी दिए । 


आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले राजीनामा दिएको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार आयोगले आयुक्तको सूचीबाट पाठकको नाम हटाएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex