काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
एमालेले सोमबार दिउँसो एमालेका विभिन्न भ्रातृसंस्थाहरूले काठमाडौंको बसन्तपुरमा भ्रष्टाचारर मंहगीविरुद्ध जनसभासहित बृहत प्रदर्शन गरेको हो ।
बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारी शान्तिबाटिकासम्म पुगेका थियो । उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका थिए ।
एमाले देउवा सरकारविरुद्ध पहिलो पटक ठुलो जनसहभागितासहित प्रदर्शनमा उत्रेका हुन ।
तस्वीरः प्रशान्त डंगोल
Categorized in राष्ट्रिय