१६ चैत्र २०८०, शुक्रबार
Header

भ्रष्टाचार आरोप लगेका पेरुका पुर्व राष्ट्रपति गार्सियाले आत्महत्या गरे


प्रकाशित: विहिवार, ५ बैशाख २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । पेरुका पुर्व राष्ट्रपति एलेन गार्सियाले आफैलाई गोली हानी आत्महत्या गरेका छन । 


भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियालाई प्रहरी समात्न आएको खवर पाएपछि उनले आत्महत्या गरेको विविसीले जनाएको छ । 


विविसीका अनुसार उनले प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएर आत्महत्या गरेका हुन । प्रहरीले ढोका खोलेर हेर्दा उनी कुर्सीमा बसिरहेका थिए र टाउकोमा गोली लागेको घाउ थियो ।


प्रहरीले उनलाई उपचारको लागि अस्पताल लगेपनि चिकित्सकहरुले बचाउन सकेन । 


सन १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई पटक राष्ट्रपति बनेका गार्सियालाई राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित निर्माण कम्पनी ओडुब्रेस्टसँग ३ करोड डलर घुस लिएको आरोप थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD