१३ बैशाख २०८१, बिहिबार
Header

भ्रष्टाचारको अभियोगमा चीनका पूर्व प्रधानसेनापति आजीवन कारावास


प्रकाशित: विहिवार, ९ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुई लाई भ्रष्टाचारको आरोपमा आजीवन काराबासको सजाय दिने फैसला भएको छ । 


भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । 


चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका थिए । उनलाई सन २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । 


सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 


चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD