१३ बैशाख २०८१, बिहिबार
Header

भ्याट विबरण नबुझाउनेहरुमाथि सरकारको कार्वाही तयारी


प्रकाशित: सोमबार, १४ जेठ २०७५, ११ः४८ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । सकारले भ्याट विवरण नबुझाउने फर्म, संस्थाहरुलाई कार्वाही स्वरुप भ्याट दर्ता सुचीबाट हटाउने तयारी गरेको छ ।

 
मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएपनि विवरण नबुझाउनेहरुको संख्या दिनानुदिन बढ्न थालेपछि अध्यावधिक लगायतका समस्याहरु देखिन थालेपछि सो पत्रिया अघि बढाएको अर्थमन्त्रालयले जनाएको छ ।

 
भ्याटमा दर्ता भएका फर्म, व्यावसायीहरुकोले आफ्नो कारोवाबर भए पनि नभएपनि विवरण अनिवार्य रुपमा बार्षिक रुपमा बुझाउने पर्ने कानुन व्यवस्था भएपनि धेरैले त्यसो नगर्दा सरकार कर्वाही प्रक्रियामा अघि बढेको हो ।

 
सरकारले कम्तीमा पछिल्लो चार वर्षयता कुनै फाइल नबुझाएका र सरकारलाई तिर्नुपर्ने बक्यौता पनि बाँकी नभएका फर्म व्यावसायिक प्रतिष्ठानलाई सूचीबाट हटाउन खोजिएको जनाएको छ ।

 
अर्थ मन्त्रालयका अनुसार भ्याटमा दर्ता भएका १६ लाख व्यावसायिक प्रतिष्ठानमध्ये एक तिहाईले विवरण बुझाएका छैनन् ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD