१३ बैशाख २०८१, बिहिबार
Header

भ्याक्सिनोको उत्पादनहरु नेपाली बजारमा


प्रकाशित: मंगलवार, १२ असोज २०७८, १६०० बजे
- महानगरखवर

काठमाडौं । भ्याक्सिनो कम्पनीले विभिन्न फेसन डिजाईन लुगाहरु नेपाली बजारमा ल्याएका छन । 


कम्पनीले नजिकिदै गएको हिन्दुहरुको महानपर्व बिजयादशमी, शुभदिपावली तथा छठ पर्वलाई मध्यनजर राखी स्वेदशमै उत्पादन गरेर बजारमा ल्याएको हो । 


यसै हप्ता एक पत्रकार सम्मेलन गरेर कम्पनीका प्रमुख प्रकाश प्रधानले नेपाली उपभोक्ताको मागलाई ध्यानमा राखि सुलभ मूल्यमा सो उत्पादनहरु बजारमा ल्याएका जानकारी दिएका छन ।


विदेशी कपडा सरहको सुविधा समेत सो उत्पादनमा पाईने प्रधानले बताए । काठमाडौंको मुटु न्यूरोड रन्जना गल्ली स्थित नेपाः कम्पलेक्समा सञ्चालनमा ल्याईएको भ्याक्सिनो कम्पनीका हालको एम्बेसडरमा चर्चित गायक प्रमोद खरेल लाई नियुक्त गरेको छ । 

 


सो अवसरमा गायक खरेलले भ्याक्सिनो ब्राण्डको टिर्सट लगाई सकेपछि विदेशी कपडाको क्वालीटी आफूले महसुस गरेको सुनाए । 


२ दशकको लामो अनुभवपछि यसरी उपभोक्ता माझ आउन पाउँदा हर्षित भएको कम्पनलीले जनाएको छ । 


निटक भविष्यमै विभिन्न लेडिज भेराईटी समेत बजारमा ल्याउने कम्पनीले सो अवसरमा जानकारी दिए । विदेशी मूल्यभन्दा आधा कममा भ्याक्सिनो कम्पनीका उत्पदानहरु बजारमा पाईने कम्पनीले जानकारी दिए । 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD