६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भोली (सोमवार) नवनिर्वाचित राष्ट्रपति पौडेलले सपथ लिने


प्रकाशित: आईतवार, २८ फागुन २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (भोली) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।


सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गरी राष्ट्रपति पौडेलको सपथ ग्रहण हुने राष्ट्रपति कार्यलय शितल निवासले जनाएको छ । 


राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउने कार्यक्रम छ । संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ तर हाल प्रधानन्यायाधिश पद रिक्त रहेको छ । 


फागुन २५ गते पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।


राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।


संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex