२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भोली पाटनमा नृसिंह जात्रा 


प्रकाशित: सोमबार, २ भाद्र २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । परम्परागत तथा सांस्कृतिक धरोहरको रुपमा रहेको नृसिंह जात्रा (उपाकलं साया) मंगलवार पाटनमा सुरु हुने भएको छ । 


उपाकर्म गुठी ललितपुरको नेतृत्वमा हरेक बर्ष सञ्चालन हुँदै आएको मौलिक परम्पराको यस जात्रा ललितपुरको मात्र नभई उपत्यकाको सम्पदा संस्कृतिको परिचय बनाएको छ ।


नृसिंह मूल जात्रा समारोह समिति, २०७६ का संयोजक उमेश्वर राजोपाध्यायले उक्त दिन दिउँसो १ बजेबाट सुरु भई बेलुका ७ जात्रा सकिने जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । 


सो जात्रामा काः बाजा, नायः खिं बाजा, लाखेः, सामुहिक धिमे बाजाका साथै ६ जोडी कन्याहरुको साथमा नृसिंह, लक्ष्मी, सरस्वती र प्रल्हादलाई नगर परिक्रमा गराईने छ । 


स्वनिम्हबाट सुरु हुने उक्त जात्रा नकविल, धलयचा, क्वाल्खु, झटापोल, कुम्भेश्वर, कोवाहाल, स्वंथ, मंगलबजार, सौगल, सुन्धारा, ओकुबहाल, चक्रवहिल टंगल, हौगल, तिछुगल्ली, इखालखु, जेनबहाल, बला, पूर्णचण्डी गावहाल, प्यंगाःथा, पिम्बहाल हुँदै पुनः स्वनिम्ह पुगेर समापन हुनेछ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex