५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

भोली काष्ठमण्डपको राष्ट्रपतिबाट लोकार्पण, सर्वसाधरणको लागि खुला गरिने


प्रकाशित: आईतवार, २० चैत्र २०७८, १९ः३० बजे
- अजय खड्गी

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको भोली (सोमवार) लोकार्पण गरने भएको छ । 


आईतवार काष्ठमण्डप पुननिर्माण समितिले पत्रकार सम्मेलन गरेर काष्ठमण्डपको लोकार्पण गरिने बारे जानकारी दिए ।


समितिका अध्यक्ष तथा बागमति प्रदेशसभा सदस्य राजेश शाक्यले भोली दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट काष्ठमण्डपको लोकार्पण हुने भएको बताए । 


काष्ठमण्डपको लोकार्पणपछि सर्वसाधरणको लागि खुला गरिने समेत समिति अध्यक्ष शाक्यले जानकारी दिए । 

 


पत्रकार सम्मेलनमा शाक्यले भने,‘काष्ठमण्डपलाई २०७२ को महाभूकम्पपछि अघिकै स्थितीमा पुननिर्माण गरी सकेको अवस्थामा सर्वसाधरणलाई यसको उपयोग गर्नबाट बञ्चित गरी रहन उपयुक्त नहुने भएकोले यही २०७८ चैत्र २१ गते सोमबारका दिन सम्माननिय राष्ट्रपपति विद्यादेवी भण्डारीज्यूबाट सर्वसाधरणको लागि खुला गर्न लोकार्पण गर्ने कार्यक्रम रहको सबैलाई जानकारी गराउन चाहन्छौं ।’


काष्ठमण्डप उद्घाटन गरिने नभई लोकापर्ण गरी सर्वसारधणलाई अवलोकनको लागि खुला गर्न लागेको पनि समिति अध्यक्ष शाक्यले प्रष्ट पारे ।


काष्ठमण्डपको मुर्तिको विषयमा भएको विवादलाई लिएर सर्वोच्चमा परेको रिटबारे पत्रकारले सोधिएको प्रश्नमा अध्यक्ष शाक्यले भूकम्पमा परी टुटफुट भएका चार वटा गणेश र गोरखानाथको ढुंगाको खण्डित मुर्ति पूजा नगरिने परम्परलाई अनुसरण गर्दै सोही बमोजिमका नयाँ मुर्तिहरु बनाई मुर्तिहरु यथास्थनमा राखिएकोमा केही व्यक्तिहरुले सो मुर्तिहरुप्रति आपत्ति जनाई सर्वोच्चमा रिट दायर गरेको बताए । 


‘ सो सम्बन्धमा सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरिसकेको र आगामी २०७९ भाद्र ५ गते पेशी पनि तोकिई सकिएको छ । यस रिट निवेदनको मूख्य विषय रहेको पाँच थान मूर्तिहरु काष्ठमण्डपको मूल संरचना नभएको  र काष्ठमण्डपको मूल संरचनाको सम्बन्धमा कुनै विवाद पनि नभएको तथा मूर्तिहरुका सम्बन्धमा सर्वोच्च अदालतद्धारा गरिने निर्णय अथवा आदेशलार्य पूर्ण रुपमा पालना गर्न यस समिति प्रतिवबद्ध रहेको छ ।’ अध्यक्ष शाक्यले भने । 


काठमाडौं महानरपालिकाको आर्थिक अनुदान साढे ११ करोड रुपियाँमा काष्ठमण्ठप पुननिर्माण सकिएको अध्यक्ष शाक्यले बताए । शाक्यका अनुसार  लकडाउनको अवधि समेत गरेर काष्ठमण्डप ३ बर्ष ८ महिनामा पुननिर्माण सकिएको छ । 

काष्ठमण्डप पुननिर्माणको लागि २०७५ बैशाख १८ गते शाक्यको अध्यक्षमा काष्ठमण्डप पुननिर्माण समिति बनेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika