१ भाद्र २०८३, सोमबार
Header

भोली एसईईको नतिजा सार्वजनिक गरिने, ४ लाख बढी विद्यार्थी सहभागी


प्रकाशित: मंगलवार, १० साउन २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । बुधवार कक्षा १० को माध्यमिक परिक्षा (एसईई)को नतिजा सार्वजनिक हुने भएको छ ।


राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गरी भोली सो परिक्षाको नतिजा सार्वजनिक गरिने भएका ेपरीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बताएका छन । 


विद्यार्थीहरुले दुई वर्षपछि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन ।े यस अघि कोभिडको कारण विद्यार्थीहरु भौतिक रुपमा परिक्षा दिनबाट बञ्चित हुनु परेको थियो ।  


शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।


यस परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex