१३ बैशाख २०८१, बिहिबार
Header

भोली आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द


प्रकाशित: विहिवार, १७ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल चिकित्सक संघले शुक्रवार (भोली) आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । 


संघले विहिवार एक विज्ञप्ती जारी गरी देशभरका सबै स्वास्थ्य संस्थाहरु सककारी तथा गैरसरकारी संस्था बन्द गर्न आव्हान गरेको हो । 


त्यसैगरी संघले आमरण अनसनरत डा. गोबिन्द केसीको जीवन रक्षाको लागि सरकारबाट कुनै पहल नदेखाएकोले घोर भत्र्सना समेत गरेको छ । 


आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरूमा पर्न सक्ने असुविधाप्रति संघले दुःख व्यक्त गरेको छ ।


त्यसैगरी जारी सममस्याको सामाधान बार्ताबाट हल गर्न समेत अपिल गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD