१२ भाद्र २०८३, शुक्रबार
Header

भोलीबाट पाँच कानुन लागु हुने भएकोले देशैभर दीपावली


प्रकाशित: बिहिबार, ३१ साउन २०७५, २१ः२१ बजे
- महानगरखबर

काठमाडौँ । पाँच कानुन भोली (भाद्र १ शुक्रबार) गते लागु हुन लागेको खुसियालीमा महान्यायाधिवक्ता कार्यालयले देशैभर दीपावली गरी मनाउने भएको छ ।

 
महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको विहिबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । 


महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको बताइएको छ । 


महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौँस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex