२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भोलीदेखि ‘बुस्टर डोज’ !


प्रकाशित: शनिवार, २९ माघ २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले भोली (फागुन १ गते ) आईतवारदेखि १८ बर्ष उमेर पुरा भएका सबैलाई ‘बुस्टर डोज’ दिने भएको छ । 


शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सो जानकारी दिएको हो । उनले आफु मन्त्री भएपछि भएका कार्यप्रगतिबारे जानकारी दिने क्रममा सो बताएका हुन । 


मन्त्री खतिवडाले २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खोप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै बुस्टर डोज लगाउन सर्वसाधरण सबैलाई आग्रह गरेका छन । 


मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको समेत सो अवसरमा जानकारी दिए ।


५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए । 


मन्त्री खतिवडाले हालसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० डोज खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६ सय एक डोज खोप लगाइसकिएको उल्लेख गरे । 


कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवामार्फत परामर्श सेवा प्रदान गर्न सुरु भएको तथा  भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुहरूमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रु मध्ये ९० प्रतिशतको स्क्रिनिङ भइरहेको तथा स्क्रिनिङ भएकामध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex