१६ चैत्र २०८०, शुक्रबार
Header

भोलीदेखि पेट्रोल १ सय १३ रुपियाँमा किन्न पाईने, डिजेल र मट्टितेल चाँही कतिमा ?


प्रकाशित: शनिबार, १९ जेठ २०७५, २०ः२१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सरकारले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्यमा  बृद्धि गरेको छ ।

 
भोली देखि बजारमा पेट्रोल १ सय १३ रुपियाँ प्रति लिटर पर्ने भएको छ भने डिजेल, तथा मट्टीतेल ९५ रुपियाँ प्रतिलिटरमा किन्न पाईनेछ ।

 
नेपाल आयाल निगमले पेट्रोल, डिजल र मट्टिटेलमा  ३/३ रुपैयाँ वृद्धि गरेकोे हो ।
भारतीय आयल कर्पोरेशन (आईओसी) ले शुक्रबार नयाँ मुल्य सुचि पठाएपछि मुल्य बृद्धि भएको निगमले जनाएको छ । बढेको मुल्यमा निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।


मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ भने  ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।


निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD