काठमाडौँ । नेपाली युवाहरुको रोजगारीको लागि आकर्षण केन्द्र बनेको दक्षिण कोरियाको भाषा परिक्षा भोली देखि सुरु हुने भएको छ ।
आईतबार सम्म चल्ने सो भाषा परिक्षाको लागि परिक्षा केन्द्रमा परिक्षार्थीहरु एक घण्टा अघि नै उपस्थित हुनु पर्ने प्रावधान लागु गरेको छ ।
दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिएका छन् ।
यस परीक्षा लिन भनेर कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन । परिक्षा बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने जनाएको छ ।
काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने भएको छ ।
Categorized in बजार