२७ बैशाख २०८१, बिहिबार
Header

भोलि महाशिवरात्री, यस्तो छ सवारी आवागमनको रुट 


प्रकाशित: विहिवार, २४ फागुन २०८०, २०ः३० बजे 
- महानगरखबर

काठमाडौं । भोलि (शुक्रवार) पशुपतिनाथ मन्दिरमा हुने शिवरात्री पर्वको लागि सवारी साधान आवात जावतको लागि डाइभर्सन गरिने तयारी गरेको छ ।

 
मन्दिर परिसरमा हुने दर्शनार्थीहरुको भीडभाडलाई ध्यानमा दिँदै ट्राफिक प्रहरीले आज विहिवारदेखि सवारी साधनलाई डाइभर्सन गरिने भएको छ ।


ट्राफिक प्रहरीका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो–बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने भएको हो । 


त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने छ  ।


महाशिवरात्री मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । 


त्यसैगरी पार्किङ्गको व्यवस्थापनका लागि स्थानहरु तोकिएको छ । दर्शानार्थीहरुको सिफल चौर, कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु), भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) व्यवस्था गरिएको छ । 


त्यसैगरी, तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु), वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु) ,गुहेश्‍वरी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु) लागि पार्किङको व्यवस्था गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD