२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भोलि (बुधवार) बाट जनबहाःद्य: रथयात्रा सुरु (रुटसहित)


प्रकाशित:  मंगलवार, १४ चैत्र २०७९, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । भोली बुधवारबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा जमल तिनधारा पाठशालबाट सुरु हुने भएको छ ।


सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले बुधवार बेलुका ४ बजे मछिन्द्रबहालदेखि तिनधारा पाठशाला जमलसम्म खटयात्रा हुने, ५ देखि ६ः३० बजेसम्म असनसम्म रथयात्रा हुने जनाएको छ । 


त्यसैगरी, विहिवार १६ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने छ । शुक्रवार १७ गते ४ः३० बजे हनुमानढोका, चिकमुुगल, जैशीदेवल, ज्यावहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ ।


चैत्र १८ गते शनिवार ५ः३० देखि ६ः३० सम्म लगन आमा रुख परिक्रममा गरिने छ । 


१९ गते आईतवार साँझ ५ः३० देखि ७ः३० सम्म लगन, ज्याहाबाल, द्यःलँ, यूतुुननि, कोहिती, भिमसेनस्थान, मरु, याट्खा, नरदेवी, किलागल, भेडासिंह, केलटोल हँदै मछिन्द्रबहालसम्म रथयात्रा हुने समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

 


तिनधारा पाठ्शाला निर्मित ३२ हाते लामो रथमा  सेतो मच्छिन्द्रनाथको प्रतिस्थापन गरेपछिट घण्टाघर हुँदै असन चोक सम्म रथ लगिने छ । 


वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ । 


असनमा राखिएको रथ राष्ट्रपतिबाट दर्शन गरेपछि सो दिन असनमै राखिन्छ र भोली पल्ट रथ तानेर असन, इन्द्रचोक, हनुमानढोकास्थि कालभैरव र कालभैरबाट लगन लगिन्छ । 


किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए ।


त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ । 


रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ ।




 

asteriskhubs
Home Page Bottom Second


maharjan complex