२२ बैशाख २०८१, शनिबार
Header

भोलि बागबजारमा सामुदायिक सेवाद्धारा बृहत निःशुल्क आँखा शिविर


प्रकाशित: शुक्रवार, १९ माघ २०८०, १५ः५७ बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा ताथ सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागजारको आयोजनामा बृहत निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । 


बागबजारस्थित सिद्धार्थ पव्लिक स्कुलमा शिविर सञ्चालन हुने स्वास्थ्य उपसमितिकी संयोजक दिपा केसीले जानकारी दिइन । 


केसीका अनुसार विहान ९ बजेदेखि २ बजेसम्म नाम दर्ता हुने, सिविर पनि सोही समयमा ३ बजे सञ्चालन हुने भएको छ । 


सो शिविरमा आँखा जाँच हुने, निःशुल्क औषधी, निःशुल्क मोतीविन्दुको शल्यक्रिया र चश्मा पनि वितरण गरिने संस्थाका अध्यक्ष कमरुद्धिन मियाँले बताए । 


माट्रिका आई सेन्टरको प्राविधि सहयोग र साथी संगी नेपालको संयोजनमा सो शिविर सञ्चालन हुन लागेको हो । 


सेवा केन्द्रका वरिष्ठ प्रहरी हवल्दार हर्कराज जोशीले शिविरमा स्थानीयवासीहरुको उल्लेखिय सहभागी हुने विश्वास व्यक्त गरेका छन । 


शिविरबारे स्थानीयस्तरमा व्यापक प्रचार प्रसार गरिएको पनि उनले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD