५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भोलि देखि महानगरले कुहिने र नकुहिने फोहर उठाउने, बालेन पुगे घरदैलोमा


प्रकाशित: शनिवार, ३२ असार २०७९, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौ महानगरपालिकाले भोलि (साउन १ गते) बाट घरबाट निस्कने कुहिने र नकुहिने फोहर संकलन गर्ने भएका छन ।


स्रोतमै फोहर छुटयाउने उदेश्यले महानगरले यो अभियान सुरु गरेको हो । यस अभियानको प्रचार प्रसार र जनसर्वसाधरणलाई बुझाउन महानगर प्रमुख बालेन्द्र शाह शनिवर विहान घरदैलो कर्यक्रममा निस्केका थिए ।

 
महानगरपालिकाको वातावरण विभागको टोली ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर सो प्रचारको लागि घरदैलो र चोकमा प्रमुख शाले गएर पर्चा बाँडेका थिए ।


शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर र नकुहिने फोहरको दिन समेत बर्गिकरण गरेका छिन । आइतबार र बुधबार कुहिने फोहर तथा सोमवार र मंगलवार नकुहिने फोहर संकलन गर्न भनेको छ । 


महानगरले पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ । 


काठमाडौं वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।


महानगरले फोहोर छुट्याउनको लागि कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्न जारी सुचनामा भनेको छ । 


प्लाष्टिकलाई न्यून प्रयोग गरी त्यसको सट्टामा कपडा वा कागजको झोला प्रयोग गर्न पनि महानगरले अनुरोध गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex